दफा ४३
संस्थापना भएपछि कानूनी सक्षमता प्राप्त गर्ने

(१) कानूनी व्यक्तिको संस्थापना भएपछि त्यस्तो व्यक्तिले दफा ४२ मा उल्लिखित कामका अतिरिक्त देवानी तथा वाणिज्यसम्बन्धी काम कारबाही गर्न कानूनी सक्षमता प्राप्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त गरेको सक्षमता कानूनी व्यक्तिको कानून बमोजिम लिक्विडेशन, विघटन वा अन्त्य नभएसम्मकायम रहनेछ ।